प्रकृति संरक्षणमा विश्वव्यापी सहकार्यको आह्वान

रासस

सोमबार असोज-२६-२०८३ / 12 Oct 2026


काठमाण्डौं, असोज २६ गते । युद्ध, आर्थिक दबाब र बजेट अभावका कारण प्रकृति संरक्षणका लक्ष्य हासिल गर्न चुनौती बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घीय जैविक विविधता सम्बन्धी निकायकी प्रमुख एस्ट्रिड स्कोमेकरले विश्वव्यापी सहकार्यमा जोड दिनुभएको छ । उहाँले प्रकृतिले राजनीतिक सीमा नमान्ने भएकाले यसको संरक्षणका लागि सबै देश मिलेर काम गर्नुपर्ने बताउनुभएको छ । 

आर्मेनियाको येरेवानमा अक्टोबर १९ देखि सुरु हुने जैविक विविधता सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–१७) अघि एएफपीसँग कुरा गर्दै उहाँले सन् २०३० सम्म प्रकृतिको विनाश रोक्ने लक्ष्य हासिल गर्न विश्वका झन्डै २०० देशले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो ।

सन् २०२२ मा तय गरिएका आक्रमणकारी प्रजाति नियन्त्रण, स्थल र समुद्रको ३० प्रतिशत क्षेत्र संरक्षण, प्रदूषण न्यूनीकरण तथा सङ्कटापन्न प्रजातिको संरक्षणलगायत अधिकांश लक्ष्य पूरा गर्न प्रगति सुस्त छ । यद्यपि, आवश्यक परिवर्तन गर्न सके सबै लक्ष्य हासिल गर्न अझै सम्भव रहेको स्कोमेकरको भनाइ छ ।

प्रकृति संरक्षणका लागि वार्षिक सात खर्ब अमेरिकी डलरको अभाव रहेको अवस्थामा सम्मेलनले निजी क्षेत्रको लगानी बढाउने उपाय खोज्नेछ । सन् २०२५ मा सुरु गरिएको ‘क्यालि कोष’ ले वार्षिक एक अर्ब डलर जुटाउने लक्ष्य राखे पनि हालसम्म छ हजार डलर मात्र सङ्कलन गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका सरकारले वातावरणलाई हानि पुर्याउने अनुदानमा वार्षिक २६ खर्ब अमेरिकी डलर खर्च गर्छन् । प्रकृति संरक्षणमा खर्च गरिने प्रत्येक एक डलरको तुलनामा प्रकृतिलाई क्षति पुर्याउने गतिविधिमा करिब ३० डलर खर्च हुने गरेको छ । स्कोमेकरले आर्थिक नीति र प्रोत्साहनलाई प्रकृतिमैत्री बनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार प्रकृतिको विनाशले मानव समाजले नै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना गर्छ । रासस÷एएफपी 

प्रतिकृया दिनुहोस

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित

काठमाडौं, असोज २८ गते । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ । न्युयोर्कस्थित

एमालेविरुद्ध घेराबन्दी भइरहेको छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली

काठमाडौं, असोज — नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बताउनु भएको छ । पार्टी कार्यालय च्यासलमा केन्द्रीय

लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैनः सभापति थापा

  काठमाडौं, असोज १८ गते । नेपाली काँग्रेसको १५ औं महाधिवेशन आज काठमाण्डौंमा सुरु भएको छ । महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका