नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
सुस्केरा समाचारदाता
बुधबार असोज-२८-२०८३ / 14 Oct 2026काठमाडौं, असोज २८ गते । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै यो सफलता हासिल गरेको हो । एसिया–प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित देशहरूमध्ये नेपालले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
नेपाल सन् २०२७–२०२९ का लागि संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्मा निर्वाचित १५ सदस्यमध्ये एक हो । यसको तीन वर्षे कार्यकाल १ जनवरी २०२७ देखि सुरु हुनेछ ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले निर्वाचनपछि वक्तव्य जारी गर्दै नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
नियोगले भनेको छ, “बहुपक्षीयता, मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेको नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीप्रतिको नेपालको प्रतिबद्धतामा विश्वास र भरोसा व्यक्त गर्नुभएकामा हामी संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रप्रति कृतज्ञ छौँ ।” साथै, नियोगले परिषद्को नयाँ कार्यकालका लागि नेपालसँगै निर्वाचित भएका ब्राजिल, बुरुन्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्यान्ड, जापान, जोर्डन, कुवेत, माल्दोभा, नाइजेरिया, युक्रेन, उरुग्वे र जाम्बियालाई पनि बधाई ज्ञापन गरेको छ ।
एमालेविरुद्ध घेराबन्दी भइरहेको छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली
काठमाडौं, असोज — नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको बताउनु भएको छ । पार्टी कार्यालय च्यासलमा केन्द्रीय
प्रकृति संरक्षणमा विश्वव्यापी सहकार्यको आह्वान
काठमाण्डौं, असोज २६ गते । युद्ध, आर्थिक दबाब र बजेट अभावका कारण प्रकृति संरक्षणका लक्ष्य हासिल गर्न चुनौती बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घीय जैविक
लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैनः सभापति थापा
काठमाडौं, असोज १८ गते । नेपाली काँग्रेसको १५ औं महाधिवेशन आज काठमाण्डौंमा सुरु भएको छ । महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका





प्रतिकृया दिनुहोस